समाचार

बबई नदीको टापुमा नौ जना अल्झिए, उद्धार जारी

- दुर्गालाल केसी, दाङ

श्रावण २९, २०७४-तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बटलपुरस्थित बबई नदीको बीच भागमा रहेको टापुमा नौ जना व्यक्तिहरु फसेको प्रहरीले जनाएको छ । 

टापुमा अल्झिएको खबर पाएपछि अहिले ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरिक्षकको कमाण्डमा नेपाल प्रहरी र नेपाली सेना सहितको टोली उद्धारका लागि खटिएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी भुवनेश्वर तिवारीले बताएका छन् । 

दुई दिनदेखिको निरन्तर बर्षाले बबईमा पानीको वहाव बढिरहेको उनले जानकारी दिए । जसका कारण नदी आसपासका बासिन्दा रातभर जाग्राम बसिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार