खेलकुद

भारतको पूर्ण नियन्त्रण

पालेकेले (एएफपी)

श्रावण २९, २०७४- अलराउन्डर हार्दिक पान्ड्याको आक्रामक शतक र कुलदीप यादवको चार विकेटको मदतले भारत श्रीलंकाविरुद्धको तेस्रो टेस्टको दोस्रो दिन आइतबार स्थिति पूर्ण नियन्त्रणमा लिन सफल रहेको छ । कुलदीपले प्रभावशाली बायाँ हाते रिस्ट–स्पिन बलिङ आक्रमण गर्दै श्रीलंकालाई उसको पहिलो इनिङ्समा १ सय ३५ रनमा अलआउट गर्न मदत गरे । 

यसअघि भारतले आफ्नो पहिलो इनिङ्समा ४ सय ८७ रनको ठूलो स्कोर खडा गरकेो थियो । तीन टेस्टको सिरिजमा क्लिन स्विप गर्ने अभियानमा रहेको भारतले श्रीलंकालाई फलो अन गर्न बाध्य पारेको थियो । दोस्रो दिनको खेल समाप्त हुँदा श्रीलंका एक विकेट गुमाएर १९ रनको स्थितिमा छ र अझै भारतको तुलनामा ३ सय ३३ रनले पछाडि छ । 

श्रीलंकाका लागि दिमुथ करुनारत्ने १२ रन बनाएर खेलिरहेका छन् । उनलाई शून्यमा नाइटवाचम्यान मलिन्दा पुष्पकुमाराले साथ दिइरहेका छन् । पेसम्यान उमेश यादवशले अर्का श्रीलंकाली प्रारम्भिक ब्याट्सम्यान उपुल थरन्गालाई आउट पारे ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार