समाचार

बाढीमा डुबेर १ बालकको मृत्यु, अर्कोको उद्दार

- लक्ष्मी साह, बारा

श्रावण २९, २०७४-पसाहा खोलामा आएको बाढीमा डुबेर एक बालकको आइतबार मृत्यु भएको छ । अर्को एक बालकको उद्दार गरिएको छ । दुबै जना गढीमाई मन्दिर नजिक बाढीको पानीमा एकाएक फसेका थिए । 

महागढीमाई १ बरियारपुरका नुरैन मियाँको १२ बर्षीय छोरा मैफुज मियाँको मृत्यु भएको दैवी प्रकोप उद्धार समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी वीरजयनारायण मनान्धरले बताए । 

उनीसँगै रहेका उनका साथी ११ बर्षीय (नजिर हुसेको छोरा) सरफाज हुसेनलाई स्थानीयले जीवितै उद्दार गरेका छन् । जिल्लामा यो बालकसहित तीन जनाको ज्यान गएको छ ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार