समाचार

प्रहरीद्वारा ४८ लाख मुल्य वरावरको सुन वरामद

- प्रताप विष्ट, हेटौडा

श्रावण २९, २०७४- अवैध ढंगले ल्याएको सुनसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ४८ लाख मुल्य बराबरको एक केजी सुनसहित सिराहा लहान ८ का ३६ वर्षीय नन्दकिशोर महतोलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सुराकीको आधारमा बा १२ च ६७९० नम्बरको कारलाई रातोमाटेमा चेक गर्ने क्रममा प्रहरीलाई छली भागेको थियो । मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले गाडीलाई पछ्याउँदै जाँदा चुरियामाईमा पक्राउ गर्न सफल भएका थिए ।

गाडी नियन्त्रमा लिएर खानतलासी गर्ने क्रममा गाडीको सिट मुनी कार्टुन टेपले बेरेर ल्याएको १ केजी सुन प्रहरीले फेला पारेको थियो ।

प्रहरीले बरामद सुन, पक्राउ परेको व्यक्ति र कार मध्यमाञ्चल राजश्व अनुसन्धान विभाग पथलैयामा थप अनुसन्धान गरेर कारवाही गर्न पठाएको छ ।

 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार