समाचार

कांग्रेसका सबै सांसदले राहतको लागि एक महिनाको तलब दिने

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४-कांग्रेसले बाढी पीडितहरुको राहतका लागि पार्टीका सांसदबाट एक महिनाको तलब दिने घोषणा गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बालुवाटारमा बसेको बैठकले पार्टीका २ सय ७ सांसदबाटै एक महिनाको तलब दिने घोषणा गरेको कार्यसम्पादन समितिका सदस्य मीनेन्द्र रिजालले बताए । 

साथै कांग्रेसले पार्टी कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको राहत कोषमा सहयोग संकलन गर्न समेत अपील गरेको छ । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार