समाचार

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो मार्ग अवरुद्ध

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४-हेटौंडाबाट राजधानी छिर्ने छोटो तथा वैकल्पिक मार्ग सिस्नरी र फाखेलका सडक पहिरोका कारण अवरुद्ध भएका छन् । पहिरो खुलाउन स्थानीय र प्रहरीले बिहानैदेखि प्रयास गरेका छन् । 

साथै, त्रिभुवन राजपथको लामीडाँडामा पनि सडक अवरुद्ध भएको छ । ढुंगा खसेर सडक अवरुद्ध भएको छ । 

यसैगरी, पूर्व पश्चिम राजमार्गको चुरियामाईदेखि लोथर खण्डमा १५ स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको हो । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार