समाचार

मकवानपुरमा पहिरोले घर पुर्दा एकै घरका ६ जना वेपत्ता

  • बाढी र पहिरोले मृत्यु हुनेको संख्या ६
- प्रताप विष्ट, हेटौंडा

श्रावण २९, २०७४- मकवानपुरको बकैया गाउँपालिका १० मन्थलीमा पहिरोले घर पुर्दा एकै परिवारका ६ जना वेपत्ता छन् । पहिरोले पुरेको घरबाट एक जना ७ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ । अन्य ६ जना वेपत्ता छन् ।

शुक्रबारदेखि आएको अविरण वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण मकवानपुरमा हालसम्म मृत्यु हुनेको संख्या ६ पुगेको छ । 
बकैया गाउँपालिका १ मा आइतबार खोला तर्ने क्रममा आमा छोराको बगेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीया सुनमाया मोक्तान र १३ वर्षीय विशाल मोक्तान छन् । 

यस्तै, हेटौंडा उपमहानगरपालिका १३ पोखरीमा स्थानीय खोलाले बगाएर २५ वर्षीय ज्ञानबहादुर डिमडुङको मृत्यु भएको छ । 

शनिबार मकवानपुरमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु भएको थियो । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार