समाचार

२ दिनपछि एकतर्फी खुल्यो दाउन्ने

- नवीन पौडेल, नवलपरासी

श्रावण २९, २०७४- पहिरोका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको दाउन्नेमा एक तर्फीरुपमा सडक खुलेको छ । दाउन्नेको एसमोडनजिकै डाँडाबाट आउने भलको पानीले करिब पचास मिटर बगाएको सडकमा अस्थाई डाईभर्सन बनाएर यातायात सुचारु गरिएको ट्राफिक प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए ।

दुई दिनसम्म अलपत्र परेका यात्रुलाई एकतर्फी भएपनि यातायात सञ्चालन भएपछि राहतको महसुस गरेका छन् । दाउन्ने खण्डको १५ किलोमिटरमा एक दर्जन बढी स्थानमा पहिरो र रुख ढलेको छ । 

सडक बगाएपछि बैकल्पिक मार्गको प्रयोग गर्न यात्रुलाई सडक डिभिजन र प्रहरीले अनुरोध गरेको छ । दाउन्नेकै ज्यामीरेमा आज फेरी सडक भासिएपछि यातायात सञ्चालनमा थप कठीनाई भएको छ । लामो समयसम्म अलपत्र परेका यात्र र सवारीलाई सुचारु गराएको भएपनि पहिरो खसिरहेकाले नियमित यातायात सञ्चालनका लागि भने कठीनाई हुने प्रहरीले जनाएको छ । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार