समाचार

बाँकेको राप्ती सोनारी गन्धैलीमा पुल भाँचियो, सयौं यात्रु अलपत्र

- ठाकुरसिंह थारु, बाँके

श्रावण २९, २०७४-पूर्व-पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकाको गन्धैली खोलाको पुल भत्किएको छ । पुल भत्किएपछि सयौं सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । 

सोही राजमार्गमा पर्ने परुवा खोलाको पुल पनि भाँचिएको छ । उक्त राजमार्गमा शनिबारदेखि यातायात प्रभावित भएको छ । सवारी डाईभर्सन गर्न बाटो बनाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेश काफ्लेले जनाए । वर्षा जारी रहेकोले डाइभर्सन बनाउन समस्या भएको छ ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार