समाचार

खोलाले बगाएर चितवनमा दुई जनाको मृत्यु

- विमल खतिवडा, चितवन

श्रावण २९, २०७४- चितवनमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । 

खुरखुरेबाट बंगुर चराएर फर्कंदा पम्पाल खोलाले बगाएर राप्ति नगरपालिका ८ की गुमनकुमारी राना मगरको मृत्यु भएको छ । 

त्यस्तै इच्छाकामना गाउँपालिका ३ ओरेकमा २३ वर्षीय कमलबहादुर चेपाङको बारबाङ खोलाले बगाएर मृत्यु भएको छ । शनिबार बेपत्ता उनको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले बताए । खोलाले चेपाङलाई दुई सय मिटर तल पुर्‍याएको थियो । 

यसैबीच ठाउँ ठाउँमा पहिरो झरेका कारण नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । शनिबार दिउँसो दुई बजेबाट बन्द भएको सडक अहिलेसम्म खुलेको छैन । चारकिलो, चोरखोलालगायत स्थानमा पहिरो झरेका छन् । ठुलो पहिरो नभए पनि पानी पर्ने र ढुंगा खस्ने क्रम जारी रहेकोकाले पहिरो पन्छाउन समस्या भएको नारायणगढ-मुग्लिन सडक आयोजनाका आयोजनाका इञ्चिनयर शिव खनालले बताए । उनका अनुसार पहिरो हटाउन ६ लोडर र २ स्काभेटर तयारीमा छन् ।  

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार