समाचार

महान्यायाधीवक्ता रमण श्रेष्ठद्वारा राजीनामा

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४- महान्यायाधीवक्ता रमन श्रेष्ठले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएको बताए । 

राजीनामा दिएपछि श्रेष्ठले कान्तिपुरसँग भने, 'प्रधानमन्त्रीकै आग्रह र सल्लाहले राजीनामा पत्र बुझाउन ढिला गरेर उहाँलाई सहयोग गरेको हुँ'।

उनले आफूलाई नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि समेत अर्को प्रधानमन्त्रीको कानुनी सल्लाकार बनेर नयाँ नजीर स्थापना गरेका छन् । उनको पालामा सरकारी वकिलहरुको क्षमता विकास, मुद्दा अभियोजन व्यवस्थित बनाउने तयारी, प्रहरी र सरकारी वकिलबीच समन्वयकारी संयन्त्र निर्माणको काम भएका थिए । 

त्यस्तै उच्च अदालतमा न्यायाधीश नियुक्तिका क्रममा सरकारी वकिलहरु नपरेको भन्दै उनले इजलाश बहिष्कार आन्दोलनको नेतृत्व गरेका थिए । उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रस्ताव अघि बढाउन सक्रिय भूमिका खेलेका थिए ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार