समाचार

आठ किलो सुनसहित पक्राउ परेका दुईजना सार्वजनिक

- कृष्ण थापा, नुवाकोट

श्रावण २९, २०७४-अवैध आठ किलो सुनसहित पक्राउ परेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । 

चीनको केरुङ हुँदै रसुवागढी नाकाबाट काठमाडौ लैजान लागेको सुनसहित पक्राउ परेका दिपक घले र फुर्बु तामाङलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । रसुवा उत्तरगया गाउँपालिका ५ का ३७ वर्षीय घले र पार्वतीकुण्ड गाउँपालिका ५ का २७ वर्षीय तामाङलाई शनिबार नुवाकोट प्रहरीले पक्राउ गरेको थियो । 

बा५५प ८०६७ नम्बरको पल्सर मोटरसाइकलमा बाँधेर ल्याइएको अवस्थामा उनीहरुलाई विदुर नगरपालिका १० भैंसेमा पक्राउ गरिएको प्रहरी प्रमुख एसपी वीरेन्द्रकुमार बस्यालले बताए । उनीहरु सुराकीको आधारमा पक्राउ गरेका थिए ।  बरामद सुन तौल गर्दा ८ किलो १ ग्राम रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय विदुरमा अनुसन्धानका लागि राखिएको छ । उनीहरुलाई संगठित अपराधअन्तर्गत अदालतमा मुद्दा दायर गर्ने एसपी बस्यालले बताए । सुनको बजार मूल्य ३ करोड रुपैयाँभन्दा माथि छ । सुन ओसारपसारमा अन्य गिरोह पनि स‌ंलग्न हुनसक्ने आशंकाले उनीहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार