समाचार

सिरिसिया खोलाको बहाव उच्च भएपछि पर्साका गाउँहरु जलमग्न

- भूषण यादव, पर्सा

श्रावण २९, २०७४-वीरगन्ज महानगरपालिका भएर बग्ने सिरिसिया खोलाको बहाव उच्च भएपछि पानी बस्तीमा प्रवेश गरेको छ । 

वीरगन्जको रानीघाट, राधेमाई, छप्कैया, अलौ, रामगढवालगायत क्षेत्रमा बाढीको पानीले जलमग्न भएको छ । ढलको निकास नहुँदा आदर्शनगर, कवि शिरोमणि टोल, नगवा, भिस्वालगायत क्षेत्र पनि जलमग्न छन् । 

यसै गरी पर्साको ग्रामीण भेगका तिलावे, ओरिया, भोडाहा खोलामा आएको बाढीले करिब दर्जन गाउँमा पानी प्रवेश गरेको छ ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार