समाचार

[अपडेट] तीन दिनमा बाढी पहिरोले ५८ जनाको मृत्यु, २३ वेपत्ता

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४- देशभर आएको बाढी पहिरोका कारण तीन दिनमा ५८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरोका सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ । रौतहटमा ७ जनाको ज्यान गएको छ । 

बाढीका कारण झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३, चितवनमा २ जनाको ज्यान गएको छ । 

बाढी पहिरोमा परी २३ जना वेपत्ता र ३२ जना घाइते भएका छन् । बाढी पहिरोले ३ सय बढी घरमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार