समाचार

पहिरोबाट मकवानपुरको बकैया गाउँपालिकामा २ जनाको मृत्यु, ८ बेपत्ता

- प्रताप विष्ट, हेटौंडा

श्रावण २९, २०७४- मकवानपुरमा शनिबार राति गएको पहिरोमा परी एक बालकसहित २ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

बकैया गाउँपालिकाको मन्थली मंगल ङेसुरसहित परिवारका ६ जना बेपत्ता भएका हुन् । मृत्यु भएका बालक पनि ङेसुरकै परिवारका हुन् । 

बकैयाकै बुंगे खोलाले बगाएर ४० वर्षीय वीरबहादुर मोक्तानको पनि ज्यान गएको छ । त्यस्तै छतिवनको जलजलेमा एउटा घर पुरिँदा एक महिला र पुरुष हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 
बाढीका कारणा हेटौंडा ४ र ५ नम्बर वडा डुबानमा परेका छन् ।  मनहरी गाउँपालिका खोला पसेर स्थानीयको बिल्लीबाठ भएको छ । कुलेखानी–फाखेलसहितका छोटो दूरीका बाटो अवरुद्ध भएको छ । पहिरोका कारण पूर्व-पश्चिम राजमार्ग पनि बन्द भएको छ । प्रहरी, सेनाले उद्दार कार्य जारी राखेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास पनि भइरहेको प्रहरीले बताएको छ । 

जिल्ला दैवी प्रकोप उद्धार समितिको आइतबार बिहान बसेको बैठकले पीडितको तथ्यांक संकलन गरेर तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार