समाचार

महेन्द्र राजमार्गको नवलपरासीमा ४० घण्टादेखि यातायात अबरुद्ध

- नारायण शर्मा, नवलपरासी

श्रावण २९, २०७४- दाउन्नेमा सडक भासिएका कारण अबरुद्ध रहेको यातायात खुलाउन सकिएको छैन । लगातारको बर्षा नरोकिएका कारण सडक भासिएको स्थानमा वैकल्पिक मार्ग बनाउन नसक्दा यातायात सञ्चालनमा आउन नसकेको हो । दाउन्नेको दर्जनौं स्थानमा पहिरो खसेर राजमार्ग अबरुद्ध भएको छ । 

महेन्द्र राजमार्ग अन्तर्गत बर्दघाटतर्फ दाउन्नेको एस मोडदेखि केहि पूर्वतर्फ पक्की सडक २५ मिटर तल खसेको छ । सडक भासिएको स्थानमा वैकल्पिक सडक (डाइभर्सन) बनाउन गरिएको प्रयास लगाताको वर्षातका कारण सम्भव भएको छैन । पहिरो हटाउन र डाइभर्सन बनाउन गएको डोजरले वर्षादका कारण काम गर्न सकेको छैन । 

लगातारको वर्षादका कारण उक्त खण्डमा यातायात सञ्चालन हुन नसक्दा पश्चिमवाट पूर्वतर्फ हिडेका यात्रुबहाक वस बुटवल पोखरा हुदै राजधानी काठमाडौंतर्फ जाने गरेका छन् । 

झापा, मोरङ, वीरगन्ज जाने यात्रुबहाक बस भने अलपत्र परेका छन् । दाउन्नेको पहाडमा गाडीमा अलपत्र यात्रुहरु चाउचाउ र बिस्कुटका भरमा दिन काटेका छन् । यात्रु जाममा परेको अवस्थामा चाउचाउ , बिस्कुट र मिनरलवाटर (पानी)को आफूखुसी मुल्य असुलेको गुनासो यात्रुहरुको छ । 

पश्चिमबाट महेन्द्र राजमार्ग हुँदै पूर्व हिडेका गाडीलाई प्रहरीले बुटवलमै रोकेको छ भने पूर्ववाट पश्चिम तर्फ हीडेका गाडीलाई दुम्किवासमा रोकेको छ । जिल्ला प्रहरीले राजमार्गमा बैकल्पिक सडक नबनाइएसम्म पोखराको बाटो प्रयोग गर्न अनुरोध गरेको छ । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार