समाचार

बाढी प्रभावित क्षेत्रमा जानुस् : केसी

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २९, २०७४- प्रा.डा. गोविन्द केसीले आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलनमा रहेका चिकित्सकलाई बाढीपहिरो प्रभावित क्षेत्रमा गएर उपचारात्मक सेवामा लाग्न अनुरोध गरेका छन् । 

डा. केसीले मुलुकको विषम परिस्थितिलाई ध्यान दिँदै तत्काल सम्पूर्ण बन्दका कार्यक्रम स्थगित गरेर बाढीपहिरोपीडितको उद्घारमा लाग्न चिकित्सकसँग अपिल गरेका हुन् । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले डा. केसीले फोन गरेर तुरुन्त बन्दका कार्यक्रम स्थगित गरेर उद्घारमा लाग्न अनुरोध गरेको बताए । संघले आकस्मिकबाहेकका सेवा बहिष्कारको निर्णय हाल स्थगित गरेको समेत डा. श्रेष्ठले बताए । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार