समाचार

बर्दियामा ९० प्रतिशत भूभाग डुबानमा

- कमल पन्थी, बर्दिया

श्रावण २९, २०७४-तीन दिनदेखिको वर्षाले बर्दियामा ९० प्रतिशत भूभाग डुबानमा परेको छ । ५ हजार विस्थापित भएका छन् ।

स्थानीयहरु विद्यालय र अग्लो खुला ठाउँमा आश्रयका लागि पुगेका छन् । सदरमुकाम गुलरियाको ६० प्रतिशत डुबानमा परेको छ । नेपालगन्ज–गुलरिया आउजाउ बन्द भएको छ । ४ किलोमिटर सडक जलमग्न भएको छ ।

बबईको जलमापन केन्द्रका अनुसार  पानीको सतह ९.३३ मिलीमिटर पुगेको छ । जबकी बढीमा ६ मिलिमिटरमात्रै हुनुपर्ने हो । बबईले तटबन्ध भत्काएको छ

प्रहरीले रातिदेखि उद्दार जारी राखेको छ । सन्तोषी टोल, ठाकुरबाबार पूर्ण डुबानमा परेका छन् । प्रहरीले साइरन बजाउँदै सुरक्षित स्थानमा जान अपिल गरेको छ ।

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार