खेलकुद

चर्च ब्वाइज उपाधि नजिक

  • पाथीभरा गोल्डकप
- कान्तिपुर संवाददाता , ताप्लेजुङ

श्रावण २९, २०७४- स्थानीय टिम नव प्रयास युथ क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज क्लब काठमाडौं पाथीभरा गोल्डकप फुटबलको फाइनल पुगेको छ । शनिबार राज पौडेलले नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले पटक–पटक बल पोस्ट छेउ पुर्‍याए पनि गोल गर्न सकेन । चर्च ब्वाइजले ए डिभिजन खेलिसकेका खेलाडी मैदान उतारेको थियो । नवप्रयासबाट स्थानीय खेलाडी उत्रिएका थिए । 

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका प्रवास गुरुङ भए । चर्च ब्वाइजले सोमबार हुने फाइनल सगरमाथा युवा क्लब विराटचोक मोरङ र सशस्त्र प्रहरी टिम दमकको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सदरमुकामस्थित भानुजन माविको मैदानमा सगरमाथा र सशस्त्र टिम आइतबार भिड्दै छन् । 

प्रकाशित: श्रावण २९, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार