समाचार

तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २८, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोबाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी राहत उपलब्ध गराउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । 

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले तराईका विभिन्न जिल्लामा दुई दर्जन बढीको ज्यान गएको छ । प्रधानमन्त्री देउवाले शनिबार बिहानै बाढीपहिरोबाट प्रभावित जिल्लाका प्रजिअलाई सम्पर्क गरी विपतको चपेटामा परेका नागरिकको उद्धार, राहत, सुरक्षित स्थानमा स्थानान्तरण तथा घाइतेको उपचार व्यवस्था मिलाउने कार्य तत्काल थाल्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

प्रधानमन्त्रीले बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिँदै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले विपतको घडीमा एकढिक्का हुन पनि सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् ।

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार