समाचार

डा.केसीको मुटु कुनै पनि बेला बन्द हुनसक्छ : चिकित्सक

  • अनसनरत डा. केसीको स्वास्थ्य बिग्रदो
- अतुल मिश्र, काठमाडौं

श्रावण २८, २०७४- अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकले डा. केसीलाई कुनै पनि समय मुटु अचानक बन्द हुन सक्ने समस्या आउँने वा संक्रमण हुनसक्ने सम्भावना औंल्याएका छन् । 

त्रिवि शिक्षण अस्पताल हातामा उनले जारी राखेको आमरण अनसन शनिबार २० औं दिनमा पुगेपछि उनको उनको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकहरुले शनिबार यस्तो खतरा औंल्याएका हुन् । 

उनको उपचारमा संलग्न प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार डा. केसीको स्वास्थ्य निरन्तर खस्कदो छ र उनलाई जतिबेला पनि मुटु बन्द हुने समस्या (कार्डियाक अरेस्ट) हुनसक्छ । 

डा. केसी निरन्तर अक्सिजनको सहायतामा छन् भने रगतमा सेतो रक्तकणको संख्या पनि घटदो छ । 

उनमा निरन्तर मांशपेशी दुख्ने , टाउको हलुङ्गो लाग्ने, छाति गह्रौ हुने र रिंगटा लाग्ने समस्या देखिएको छ । 

उनको शरीरको रक्तचाप र अक्सिजनको स्तर समेत निकै तल छ । उनको मुटुको चाल कहिलेकाही दुई सय भन्दा बढी पटकसमेत हुने गरेको छ ।

उनको ब्लड सुगर, एलेक्ट्रोलाइट, पोटासियम, म्याग्नेसियम, फस्फोरस र क्याल्सियम तल्लो स्तरमा छ । 

यसले मुटु अचानक बन्द हुन सक्ने जोखिम छ । 

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार