देश

झापामा एकको मृत्यु, दुई बेपत्ता

- पर्वत पोर्तेल, झापा

श्रावण २८, २०७४-अविरल वर्षापछि आएके वाढीले वगाएर झापामा एक महिलाको मृत्यु भएको छ । दुई बेपत्ता छन् । झापा गाउँपालिकामा सानो माईले बगाउँदा  झापा–२, बालुवाटार बस्ने ३५ वर्षीय धनमाया घोरासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनकी छोरी १५ वर्षीय कमला घोरासैनी बेपत्ता छिन् ।

त्यसैगरी झापाको शिवसताक्षी नगरपालिका–१ मा खोलाले बगाउँदा शिवसतासी–१, धरमपुर राजवंशी चोक बस्ने २८ वर्षीय लेखनाथ पाण्डे (विजय) वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

झापामा हजारौं घर डुवानमा परेका छन् । सयौं परिवार विस्थापित भइसकेका छन् । 

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार