समाचार

विराटनगर विमानस्थलमा कम्मर कम्मर पानी (भिडियो र फोटो फिचर)

- लीलाबल्लभ घिमिरे, विराटनगर

श्रावण २८, २०७४-शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले विराटनगर डुबानमा परेको छ । दुहबी खोला फुटेर विराटनगर पसेपछि कोशी राजमार्गको पश्चिम क्षेत्र डुबेको छ ।

विराटनगर विमानस्थलमा कम्मर कम्मर (डेढ मिटर) पानी जमेको छ । बिहान ५ बजेदेखि विराटनगरमा हिंडडुल बन्द भएको हो । एयरपोर्ट गेटबाटै खोलाको भंगालो भित्र पसेको छ ।

विराटनगर विमानस्थल डुबानमा परेपछि उडान ठप्प भएको छ । कर्मचारीलाई भुइँतलाका काजगात र सरसामान जोगाउन हम्मे हम्मे परेको छ ।

धावनमार्गमा भने श्री एयरलाइन्सको नयाँ जहाजमात्रै पार्किङमा रहेको छ । यो जहाज शुक्रबार नै विराटनगर आएको थियो ।

भिडियो र फोटोहरु : लीलाबल्लभ घिमिरे/कान्तिपुर

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार