देश

पहिरोले सडक भत्किएपछि धरान धनकुटा अवागमन अवरुद्ध

- प्रदीप मेन्याङ्बो, धरान

श्रावण २८, २०७४- अविरल वर्षाको कारण पहिरो झरेपछि धरान–धनकुटा सडक खण्डमा शनिबार विहानदेखि यातायात आवगमन ठप्प भएको छ । गए राति झरेको पहिरोले गर्दा अहिले कोशी राजमार्गमा कुनै पनि सवारी साधन चल्न सकेका छैनन् । 

धरान उपमहानगरपालिका १३ स्थित निशाने खोला र आपगाछी विचमा पर्ने कोशी राजमार्गमा पहिरो झरेको हो । पहिरोले सडकको करिव २० मिटर  कटान गरेपछि सवारी आवगमन ठप्प भएको हो । पहिरोले सडक नै वगाएपछि धरानबाट भोजपुर, धनकुटा, तेह्रथुम जाने पहाडि रुटका सैयौ सवारी साधान धरानमै रोकिएका छन् । पहाडी क्षेत्रबाट आउने सवारीसाधानहरु भेडेटार र आपगांछीमा रोकिएका छन् ।

धरान–धनकुटाको उक्त सडक खण्ड पहिले देखि नै जोखिमपुर्ण रहेको थियो । एक बर्षअघि नै सडक धसिएर आधाफुट सतह तल झरेको थियो ।

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार