समाचार

महेन्द्र राजमार्गको दाउन्नेमा सडक भासियो

- नारायण शर्मा, नवलपरासी

श्रावण २८, २०७४-  

पहिरोका कारण १६ घण्टादेखि अबरुद्ध रहेको महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने सडक खण्ड ठाउँ ठाउँमा भासिएको छ । सडक भासिएका कारण त्यस खण्डको यात्रामा जोखिम बढेको जनाउँदै प्रहरीले गाडि रोकेको छ ।  

   शुक्रबार राति ११ बजेदेखि दर्जनौं स्थानमा गएको पहिरोका कारण महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिडेका हजारौं यात्रु दाउन्नेमा अलपत्र परेका छन् । झरीले पहिरो हटाउन नपाउदै बर्दघाट तर्फको सडकखण्डको ठाउठाउमा सडक भासिएको छ । सडक मुनिको भाग पहिरोले खसेका कारण पक्कि सडक पनि भासिएको हो । महेन्द्रराजमार्गको दाउन्ने खण्डका ४ स्थानमा १५ देखि , २५ मिटर सम्म सड्क खसेको प्रहरीले जानकारी दिएको छ । 

   पुर्वपश्चिम महेन्द्रराजमार्गको उक्त खण्डमा सडक भासिएपछि प्रहरीले त्यसखण्डमा गाडि नचलाउन अनुरोध गर्दै आवगमन रोकेको छ । जिल्ला प्रहरीले सडक भासिएको स्थानमा यात्रा गर्न बढि जोखिम हुने भएका कारण गाडि रोकिएको जानकारी दिएको छ । 

उक्त सडक खण्डमा डोजरले पहिरो हटाउने काम भैरहेपनि बर्षातका कारण लेदोमाटो खसेको खस्यै छ । वर्षात नरोकिए राजमार्ग खुलाउन नसकिने डिएसपी राजेश थापाले बताए । 

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार