देश

पहिरोले घर पुरेर एक महिलाको मृत्यु, एक घाइते

- प्रताप विष्ट, हेटौडा

श्रावण २८, २०७४- मकवानपुरको दुर्गम गाउँमा शनिवार गएको पहिरोले घर पुरेर एक महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । 

भीमफेदी गाउँपालिका- ८ इपापाखा टोलमा बिहान गएको पहिरोले घरसहित पुरेर ५० वर्षीय मिठु दानीको घटनास्थलमा नै मृत्यु भएको हो । विहान उठेर दानीको घर गएकी १८ वर्षीया सरु खडकालाई पहिरोले पुरेर घाइते भएकी छिन । पहिरोले घर पुर्ने वितिक्कै स्थानीयवासीहरु जम्मा भएर सरुलाई तत्कालै उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्न लगेका थिए । उनको अवस्था सामान्य छ । 

पहिरो पन्छाएर खोज्ने क्रममा दानी मृत अवस्थामा फेला परेको स्थानीयावसी विनोद अधिकारीले वताए । घरमा दानीमात्र एक्लै वस्थिन । सिस्नेरी खोला वढेकाले प्रहरीहरु घटनास्थलमा पुग्न सकेका छैनन्।

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार