समाचार

डा.केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

- अतुल मिश्र, काठमाडौं

श्रावण २८, २०७४- अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरिएको छ । 

सोलिडारिटी फर डा. केसी अलायन्सको संयोजनमा शनिबार दिनको १२.३० देखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनपछि बानेश्वरमा कोणसभामा परिणत भएको छ । सभामा नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

चिकित्सा विधेयक संसद्बाट तत्काल पारित गर्नुपर्नेलगायत माग राख्दै केसीले थालेको अनशन शनिबार २० औं दिन पुगेको छ ।  

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार