देश

बालुवा निकाल्ने क्रममा त्रिशूलीमा बेपत्ता

- हरिहरसिंह राठौर, धादिङ

श्रावण २८, २०७४- बाढी आएको त्रिशूलीमा बालुवा झिक्न गएका एकजना खोटाङका युवक वेपत्ता भएका छन् । 

गजुरी–४, रुङ्गटामा ठेकेदारलाई बालुवा बेच्ने पेसा गर्ने खोटाङ बाह्रपोखरी–४ निवासी २५ वर्षीय बालकृष्ण राउतलाई त्रिशूलीले बगाएर बेपत्ता बनाएको वैरेनीस्थित प्रहरी चौकीका सव-ईन्सपेक्टर भरत दुराले बताए । दुराका अनुसार बेपत्ता राउतको खोजी भइरहेको छ ।
 
वर्षात्‌को समयमा त्रिशूली नदीबाट बालुवा झिकेर बेच्न विभिन्न जिल्लाहरुबाट युवाहरु जम्मा हुन्छन् । ज्यानको परवाह नगरी झिकेको बालुवा बेचेर उनीहरुले दैनिक ३ हजारसम्म आम्दानी गर्छन् ।

प्रकाशित: श्रावण २८, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार