स्थानीय निर्वाचन २०७४

बझाङ जिससमा एमाले निर्विरोध

- बसन्तप्रताप सिंह, बझाङ

श्रावण २७, २०७४-जिल्ला समन्वय समिति बझाङमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ । शुक्रबार भएको मनोनयन प्रक्रियामा अन्य कुनै पनि दलको मनोनयन दर्ता नभए पछि एमालेको प्यानल निर्विरोध भएको हो । 

एमालेको तर्फबाट पूर्व जिल्ला कमिटीका उपाध्यक्ष खड्कबहादुर खड्का जिल्ला समन्वय समितिको संयोजक निर्वाचित भएका छन भने भागिरथी अवस्थी उप संयोजकमा निर्वाचित भएकी छन् । 

यस्तै जिल्ला समन्वय समितिको सदस्यमा महिलाबाट सरस्वती बोहरा, मेनका साउद, दलित महिलाबाट बिनिता सार्की निर्वाचित भएका छन् । दलित सदस्यमा गजेन्द्रबहादुर सार्की, तथा पुरुष सदस्यमा जन्मेजय जोशी, डबलबहादुर बोगटी र पदम धामी निर्वाचित भएका छन् । 

निर्विरोध निर्वाचित भएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई शुक्रबार नै शपथ ग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बास्तोलाले जिससका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । 

नव निर्वाचित पदाधिकारीहरुले शुक्रबार नै पद बहाली गरेका छन् । पदबहाली पछि प्रतिक्रिया दिँदै जिल्ला समन्वय समितिका संयोजक खडकबहादुर खड्काले जिल्लाको विकासका लागि आफूलाई प्राप्त भएको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने बताए । 

उनले भने, ‘५ वर्ष भित्र जिल्लाको समग्र विकासको योजनालाई मूर्तरुप दिनका लागि स्थानिय सरकारहरु र माथिल्लो निकायसँग प्रभावकारी समन्वय गरिने छ । बझाङको पिछडिएको जिल्लाको परिचय बदल्नका लागी जिल्ला समन्वय समितिले खेल्नु पर्ने भुमिकामा कुनै कमी हुने छैन ।’ 

प्रकाशित: श्रावण २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार