अर्थ / वाणिज्य

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनद्वारा आन्दोलनका कार्यक्रम फिर्ता

  • आजैबाट ढुवानी सुचारु, इन्धन अभाव नहुने
- राजु चौधरी, काठमाडौं

श्रावण २७, २०७४-पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले बिहीबारदेखि सुरु गरेको आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । बिहीबार राति आयल निगम सञ्चालक समितिले माग पुरा गर्ने सहमति गरेपछि एसोसिएसनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । 

थानकोट डिपोबाट पम्पसम्म पेट्रोल ढुवानी गर्दा थप १० लिटर नोक्सानी क्षतिपूर्ति दिने भएपछि आन्दोलन फिर्ता भएको हो । अहिले थानकोट ढिपोबाट ४ हजार पेट्रोल ढुवानी गर्दा ३५ लिटर नोक्सानी पाउथे भने अब ४५ लिटर पाउने छन् । 

यस्तै डिजेलमा ४ हजार लिटर ढुवानी गर्दा २४ लिटर क्षतिपूर्ति पाउँदै आएका व्यवसायीले नयाँ सहमति अनुसार अब २७ लिटर पाउनेछन् । 

एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने, 'अहिलेबाटै सबै आन्दोलनका कार्यक्रम स्थगित गरेर ढुवानी सुरु गरिएको छ । अब इन्धन सहज हुन्छ ।'

संसदको आफूर्ति तथा उपभोक्ता हित उपसमितिले पनि बिहीबार नै माग सम्बोधन गर्ने जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो । 

प्रकाशित: श्रावण २७, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार