स्थानीय निर्वाचन २०७४

सिन्धुली समन्वय समितिको अध्यक्षमा एमाले विजयी

- राजकुमार कार्की, सिन्धुली

श्रावण २५, २०७४- सिन्धुली जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका शंकरराज तिवारी वर्मा विजयी भएका छन् । एमाले, माओवादी केन्द्र गठबन्धनका तर्फबाट उमेद्वार बनेका वर्माले बुधबार भएको निर्वाचनमा १३ मत ल्याएर विजयी बनेका हुन् । 

उनका प्रतिस्पर्धी कांग्रेसका शम्भु राउतले ५ मत ल्याएका छन् । प्रमुख सहित एमाले ४ र उपप्रमुख सहित माओवादी केन्द्र ५ पदको भागवण्डा लगाएर निर्वाचनमा भाग लिएका थिए ।

उपप्रमुखमा माओवादी केन्द्रकी सम्झना अधिकारी पनि १३ मत नै ल्याएर विजयी भएकी छिन् । गठबन्धनका सबै उमेद्वार उत्ति नै मत ल्याएर विजयी भएका छन् । कुनै पनि म तबदर नभएको मुख्य निर्वाचन अधिकृत परशुराम भट्टराइले जानकारी दिए ।

एमालेका तर्फबाट विजयी हुने सदस्यहरुमा गंगा कार्की, विन्दा परियार र एैमान तामाङ रहेका छन् भने माओवादी केन्द्रबाट भगवती पुलामी, तेजबहादुर सुनुवार, अमृत वाइवा र चित्रबहादुर बुढाथोकी( सन्तोष) रहेका छन् । 

९ वटा स्थानीय तहमा कांग्रेस, एमाले र माओवादी केन्द्रले तीन,तीन तहमा विजयी भएका थिए । एक तहमा उपप्रमुख एमालेले बढि जितेका ले एमालेको ७, माओवादी केन्द्रको ६ र कांग्रेसको ५ मत रहेको थियो ।

प्रकाशित: श्रावण २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार