स्थानीय निर्वाचन २०७४

जिल्ला समन्वय समिति काभ्रेमा एमालेको पुरै टिम

- नगेन्द्र अधिकारी, काभ्रे

श्रावण २५, २०७४- जिल्ला समन्वय समिति काभ्रेका सबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । संयोजकमा उद्धव केसी र उपसंयोजकमा मञ्जुु गौतम निर्वाचित भए । सदस्यमा एमालेकै कृष्णबहादुर तामाङ, प्रेम कुमार लामा दोङ र सन्तनु केसी, महिला सदस्यमा गिता सुनार, राजकुमारी श्रेष्ठ र सुभवती शिवभक्ति र दलित वा अल्पसंख्यकबाट विकास मंग्राती विजयी भए । 

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनको तर्फबाट संयोजकमा नेपाली कांग्रेसका शंखबुद्ध लामा र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का तेजमाया गौतम चौलागाईको उम्मेदवारी परेको थियो । गठबन्धनका सबै उम्मेदवारले १२ मत प्राप्त गरेका गरेका थिए । 

१३ स्थानीय तहका २६ प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष मतदाता रहेको निर्वाचनमा एमाले मात्रैको १४ भोट थियो । कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनको १२ भोट थियो । ९ सदस्यीय जिल्ला समन्वयन समिति एमालेको एकलौटी गठन भएको छ । प्रमुख निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले विजयी सबैलाई प्रमाणपत्र प्रदान गरे ।
 
 

 

प्रकाशित: श्रावण २५, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार