प्रवास

क्यान्सर पीडितलाई प्रवासी नेपालीको सहयोग

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २४, २०७४-ब्लड क्यान्सर पीडित काभ्रे, तेमाल गाउँपालिका–१ का बुद्धिलाल तामाङको उपचारार्थ प्रवासी काभ्रेली समाज जापानले १ लाख ५२ हजार रुपैयाँ सहयोग गरेको छ । 

संकलित रकम संचारकर्मी फूलमान वल, जगत तामाङ, बुद्धिलाल बचाउ अभियानका संयोजक ईन्द्रवहादुर तामाङ, उप–संयोजक ज्ञानबहादुर तामाङ, धन लामा लगायतको रोहवरमा पीडितकी पत्नी अञ्जली तामाङलाई हस्तान्तरण गरियो । 

मानवीयतालाई मध्यनजर गरि आफूहरुले प्रवासमा रकम संकलन गरेको समाजका सचिव रुपक लामाले जनाए । ‘एउटा नेपाली मृत्युसंग लडिरहेको खबर सामाजिक सञ्जालमार्फत थाहा पाएपछि यत्तिकै चुप लागेर बस्न सकेनौं’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकै कारण अकालमा ज्यान गुमाउन नपरोस् भनेर हामी लागेका हौं । सबैले सहयोग गरौं ।’ 

जापानमा रुपकसंगै समिर लामाको पहलमा रकम संकलन गरिएको कार्यक्रममा बताइयो । ३७ वर्षिय बुद्धिलाल हाल नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचारत छन् । निम्न आर्थिक अवस्थाका बुद्धिलालका पत्नी, ४ छोरी र १ छोरा छन् । अहिलेसम्म उपचारमा ७ लाख खर्च भइसकेको बुद्धिलालकी पत्नी अञ्जलीले बताइन् । 

केही अघि काभ्रे सेवा समाज कतारबाट पनि ६२ हजार रुपैंया सहयोग प्राप्त भएको बुद्धिलाल बचाउ अभियानका संयोजक इन्द्रबहादुर तामाङले जनाए । त्यस्तै बुद्धिलालको उपचारार्थ उज्ज्वल लामाले ५० हजार रुपैंया र सञ्चारकर्मी फूलमान वलले ३० हजार रुपैयाँ सहयोग गरेका छन् । उनको उपचारार्थ सहयोगी हातहरु अघि बढिरहेको संयोजक तामाङले जनाए । 

प्रकाशित: श्रावण २४, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार