भिडियो

तीन बालबालिका हत्या प्रकरण: अझै टुङ्गिएन अनुसन्धान

- विद्या राई, भोजपुर

श्रावण २३, २०७४- जिल्लाको पूर्वी अरुण गाउँपालिका ३ का तीन बालबालिकाको सामुहीक हत्या भएको एक महिनाबढि बितेपनि अनुसन्धान अझै टुगिंएको छैन । स्थानीय रविन्द्र सापकोटाका १४ बर्षीय छोरा रञ्जिव सापकोटा र चेतनाथ फुयालका छोरी र छोरा १३ बर्षीय सुष्मा र ८ बर्षीय प्रदीपको स्थानीय तह निर्वाचनताका शंकास्पद हत्या भएको थियो । 

घटना भएका दिनदेखि जिल्ला प्रहरी कार्यालय भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो बिराटनगरको निरन्तर अनुसन्धान सफल नभएपछि एक हप्तायता केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली खटिएको छ । अबोध बालबालिका माथि निर्ममतापूर्वक भएको हत्या रहस्य खुल्नुको साटो दिनदिनै रहस्यमय बनाउदै सामान्य बनाउन लागेको पीडित परिवारको गुनासो छ । गएको असार १० गते साँझ अचानक हराएका ती बालबालिका असार १२ गते स्थानीय तोरन कार्कीको माछा पोखरीमा मृत फेला परेका थिए । 

प्रकाशित: श्रावण २३, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार