समाचार

रहेनन् केशवशरण

- कान्तिपुर संवाददाता

श्रावण २०, २०७४- संस्कृत साहित्यका विद्वान् आचार्य खेमराज केशवशरणको बुधबार राति ८१ वर्षको उमेरमा घरमै देहान्त भएको छ । पूर्वीय धर्मदर्शनका व्याख्याता खेमराज १९९३ सालमा मोरङको लेटाङमा जन्मिएका हुन् । वाल्मीकि विद्यापीठ अन्तर्गत साहित्य विभागका अध्यक्ष रहिसकेका खेमराजले देवघाटमा शरणागति आश्रम सञ्चालन गरेका थिए । पूर्वीय दर्शनको प्रचारप्रसारमा विश्वका करिब २५/२६ देश पुगेका केशवशरणले रेडियो नेपालमा २०२३ सालबाट धार्मिक कार्यक्रममा प्रवचन सुरु गरेका थिए । उनलाई जयतु संस्कृतम्ले ‘संस्कृत विद्याशिरोमणि’बाट विभूषित गरेको थियो । ५ वर्ष अघिदेखि अलजाइमर, ब्लडप्रेसर र सुगरबाट पीडित उनको मृत्यु निमोनियाँ र ब्रेनह्यमरेजबाट भएको हो । आचार्यका श्रीमती, दुई छोरी र दुई छोरा छन् । उनको अत्येष्टि शुक्रबार गरिने भएको छ । 

 

प्रकाशित: श्रावण २०, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार