रोचक

भाग्यमानी सानी कुकुर जसले बिहेको रिङ ल्याउने जिम्मा पाइन्

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण १२, २०७४-प्रसंग स‌युक्त अधिराज्यमा बसोबास गर्ने सीरी अट्चेसन र सियन म्याक्रोरीको गत महिना भएको बिहेको हो । बिहेको तयारी हुँदै गर्दा दुवैका परिवारमा खुशीयाली छायो नै, यि दुई झन खुशी नहुने कुरै थिएन ।

अनलाइन सञ्चार माध्यम बजफिडमा अन्द्रे बर्गसले लेखे अनुसार यसमध्ये पनि एकजना अर्कोको जीवनमा झनै रोमाञ्चक क्षण आयो । तिनी थिइन्, उनीहरुको सानो डग्गी अल्फी । 

यि सात बर्षीया अल्फीलाई विहे गर्न लागेका जोडीलले उनीहरुको विहेको रिङ बोक्ने जिम्मेवारी सुम्पिए ।  'अल्फी हाम्रो सम्बन्धको एउटा महत्वपूर्ण हिस्सा हो, उनी हाम्रो जीवनको महत्वपूर्ण हिस्सा हो, त्यसैले उनलाई रिङ् ल्याउने जिम्मा दिइएको हो' अट्चेसनले भनेकी छिन् । 

त्यसपछि उनलाई उनको सुट लगाइदिएर रिङ कोक्न लगाइयो । 

जव समय भयो बिहेमा रिङ लगाइदिने अनि अल्फीले कुशलतापूर्वक आफ्नो भूमिका निभायो । बिबाहिता जोडीसहित सबै परिवार त रमायो नै अल्फीको खुशी झनै उन्मुक्त थियो । 

प्रकाशित: श्रावण १२, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार