विश्व

ग्रीसमा शक्तिशाली भूकम्प, २ को मृत्यु

- रासस/एएफपी, डओलोगोस् (ग्रीस)

श्रावण ६, २०७४-ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको समाचार छ । 

शुक्रबार आएको ६.७ म्यानिच्युड मापन गरिएको यस भूकम्पमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भदा बढी घाइते भएका छन् । 

यसमा परी मृत्यु भएका दुवै नागरिक विदेशी भएको बताइएको छ । अरु कैयौँ घाइते नागरिकको उद्वार जारी छ । 

टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०.३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ । 

यस भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय भन्दा बढी घाइते भएका कोसस्थित अस्पतालका एक अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । 

गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो । ६.३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए । 

प्रकाशित: श्रावण ६, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार