समाचार

ज्यान मुद्दाको फाइल महान्यायाधिवक्ताले लुकाए : एमाले सांसद

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २, २०७४-दोलखाबाट निर्वाचित तीन सांसदले आफ्नो जिल्लाको ज्यानसम्बन्धी एक मुद्दाको फाइल महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठले गैरकानुनी रुपमा लुकाएको भन्दै सोमबार विरोध जनाएका छन् । 

उनीहरूले राजधानीमा पत्रकार सम्मेलन गरी महान्यायाधीबक्ता श्रेष्ठले गैरकानूनी रुपमा फायल खोसेर राखी न्याय मार्ने काम गरेको आरोप लगाए ।

सांसदहरु पशुपति चौलागाई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले गौरीशंकर गाउँपालिका– १ जुगु निवासी कुलबहादुर तामाङको हत्याका अभियुक्तलाई जोगाउन महान्यायाधिबक्ता श्रेष्ठले फाइल नै लुकाएको दावी गरे । 

स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते जुगुमा माओवादी केन्द्रको निर्देशनमा हतियारधारी समुहले हत्या गरेको दावीसहित मुद्दा परेको थियो । 

उक्त घट्नामा स्थानीय शिक्षक दिलबहादुर बुढाथोकीलाई मरणासन्न हुने गरी घाइते बनाइएको थियो । भाला रोपेर हत्या गरिएको र घाइते बनाएको घटनामा संलग्न सवैलाई जिल्ला अदालत दोलखाले साधारण तारेखमा रिहा गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावलोकनको निर्णय लिएको थियो । तर महान्यायाधिबक्ता श्रेष्ठले जिल्ला सरकारी वकिलबाट फाइल लिएर बेपत्ता पारेको दाबी सांसदहरुको छ ।

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार