समाचार

भरतपुर प्रकरणको सुनुवाइ फेरि सर्‍यो

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २, २०७४- भरतपुर मतगणना प्रकरणको अदालती सुनुवाई फेरि सरेको छ । सोमबारको बहस नसकिएपछि साउन ८ गतेसम्मका लागि सुनुवाई सरेको हो । न्यायाधीश पुरुषोत्तम भण्डारी उपचारका लागि अमेरिका जाने भएपछि बहस साता दिनका लागि सरेको हो । सोमबार अधिवक्ता टीकाराम भट्टराईले बहस गरेका थिए । 

मतगणना अन्तिममा पुगेकाबेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर १९ मा पुन: मतदान गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा सर्वोच्चमा रिट दायर भएको थियो । मतगणनामा एमालेका देवी ज्ञवाली माओवादी र कांग्रेसका संयुक्त उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि थिए ।

 

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार