समाचार

काठमाडौंमा मतदाता नामावलीमा नाम दर्ताका लागि के-के कागजात चाहिन्छ ?

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २, २०७४- निर्वाचन आयोगले देशैभर मतदाता नामावलीका लागि नाम दर्ता खुला गरेको छ । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आयोगले नयाँ नाम दर्ता, ठाउँ सारी तथा त्रुटि सच्याउन सुरु गरेको छ ।

मतदाताले सरकारी कागजातका आधारमा आफू अस्थायी बसोबास गरेकै ठाउँबाट भने मतदाता नामावलीमा नयाँ दर्ता गराउन पाउनेछैनन् । अन्यत्र जिल्लामा स्थायी ठेगाना भएका मतदाताले काठमाडौं जिल्लामा नाम दर्ता गर्न चाहेमा बसाइ सराई प्रमाणपत्र, आफ्नो वा एकाघरको प्रमाणपत्र खुल्ने घर भएको निर्माण सम्पन्न प्रमाणपत्र र सोहीअनुसार धारा बिजुलीको महसुलको बिल बुझाउन सकिनेछ ।

विवाह गरी काठमाडौं आएका महिलाले विवाह दर्ता वा नाता खुल्ने प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार