समाचार

प्रधानन्यायाधिश पराजुलीको पदबहाली

- कान्तिपुर संवाददाता, काठमाडौं

श्रावण २, २०७४-प्रधानन्याायधीश गोपाल पराजुलीले न्यायालयमा हुने ढिलासुस्तीलाई हटाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरी सर्वोच्च अदालतमा पदबहाली गर्ने क्रममा प्रधानन्यायाधिश पराजुलीले न्यायालयमा देखिएका सबै खाले विकृति निर्मुल पार्ने बताए ।

उनले न्यायाधीशहरुको सम्पत्ति विवरणको नियमित अनुगमन, छानबिन र न्यायाधीशको आचारसंहितालाई कडाइका साथ अनुगमन गर्ने घोषणा गरे । उनले एउटै मुद्दामा लामो समय सुनुवाइ गर्नुपर्ने परिपाटी अन्य गर्ने उल्लेख गर्दै लामो समयदेखि थाती रहेका मुद्दा छिटो किनारा लगाउने प्रतिबद्धता जनाए ।

२०४८ सालमा पुनरावेदन अदालतका न्यायाधीश बनेका पराजुली २०६७ सालमा पुनरावेदन अदालतको मुख्य न्यायाधिश बनेका थिए । उनी २०७१ सालमा सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त बनेका हुन् । उनी आगामी १० महिनासम्म प्रधानन्यायाधीश रहनेछन् । 

–रासस

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार