प्रवास

कोरियाको नेपाली दूतावास आइतबार पनि खुल्ने

- कान्तिपुर संवाददाता , सोल

श्रावण २, २०७४-दक्षिण कोरियाको सोलस्थित नेपाली दूतावास साप्ताहिक बिदाको दिन आइतबारसमेत खुल्ने भएको छ । 

आइतबार दूतावासमा आयोजित भेटघाट कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले कामदारको सुविधालाई ध्यानमा राखी आइतबार दूतावास खोल्ने निर्णय गरिएको जानकारी दिए । जनताको काम गर्ने विषयमा परराष्ट्र मन्त्रालयबाट कुनै निर्देशन आवश्यक नपर्ने उल्लेख गर्दै उनले कर्मचारीसँग सल्लाह गरी यो निर्णय लिइएको बताए । अब दूतावास आइतबारदेखि बिहीबारसम्म खुला रहनेछ । 

यसअघि दूतावासले कोरियाको सरकारी नीतिअनुसार शनिबार र आइतबार साप्ताहिक बिदा मनाउँदै आएको थियो । कोरियामा कार्यरत नेपाली कामदारहरूले आइतबार बिदाको दिन दूतावास बन्द हुने भएकाले धेरै कठिनाइ झेल्नुपरेको गुनासो गर्दै आएका थिए । 

दूतावास जानकै लागि कम्पनीमा बिदा लिनुपर्ने र तलबसमेत काटिने गरेको गुनासो उनीहरूको थियो । आइतबार दूतावास खुलेपछि नेपाली कामदार र विद्यार्थी तथा कोरियाली नागरिक थप लाभान्वित हुने छन् । प्रवासी मजदुर युनियन (एमटीयू) का प्रचारप्रसार विभाग प्रमुख मधुसूदन ओझाले दूतावासको यो कदम सकारात्मक भएको बताए । 

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार