देश

सडक दुर्घटनामा साहित्यकार विकास केसीको मृत्यु

- अमृता अनमोल, बुटवल

श्रावण २, २०७४- सडक दुर्घटनामा परी लेखक तथा साहित्यकार विकास केसीको ज्यान गएको छ । 

पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवलको धागो कारखाना अगाडि बसको ठक्करबाट घाइते केसीको उपचारका क्रममा आज  बिहान भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । 

आइतबार साँझ बुटवलबाट देवदहतर्फ जाँदै गर्दा केसी सवार लु १० प २३१९ नम्बरको मोटरसाइकललाई उही  दिसाबाट गइरहेको लु १ ख ९४६२ नम्बरको बसले ठक्कर दिएको थियो । 

ठक्कर दिने बस र चालक नियन्त्रणमा रहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ५५ वर्षे केसी मालेमा अध्ययन केन्द्रका अध्यक्ष, प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष ,नागरिक मञ्चका महासचिव ,बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका सदस्य थिए ।

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार