खेलकुद

ट्रस्ट नेपाललाई उपाधि

- कान्तिपुर संवाददाता , धरान

श्रावण २, २०७४-इटहरीको ट्रस्ट नेपाल ओभरसिज प्रालिले पाँचौं पूर्वाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । 

धरान–१५ स्थित एभरेस्ट लाइनको भलिबल कोर्टमा सम्पन्न फाइनलमा ट्रस्टले पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरलाई २५–१६, १८–२५, २५–१९, २५–१५ को सेटमा हरायो । विजेता ट्रस्टले ४० हजार रुपैयाँ र उपविजेता पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले २५ हजार रुपैयाँ प्राप्त गरे । 

ट्रस्टका नवीन रिजाल बेस्ट ब्लकर, दिवस लिम्बू बेस्ट स्पाइकर र वसन्त राई बेस्ट डिफेन्स घोषित भए । पूर्वक्षेत्रीय प्रहरीबाट उत्तम पोखरेल बेस्ट लिफ्टर र प्रदीपकुमार श्रेष्ठ बेस्ट प्लेयर चुनिए ।

विजेतालाई सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष गोपाल श्रेष्ठ र क्लबका अध्यक्ष लोकेन्द्र खड्काले नगद तथा ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा पूर्वका ११ टिम सहभागी थिए । 

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार