खेलकुद

नेपाल उज्वेकिस्तानसँग भिड्दै

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २, २०७४- आफ्नो रक्षापंक्तिलाई ठोस र मजबुत बनाउनुपर्ने चुनौतीबीच नेपालले एएफसी यू–२३ च्याम्पियनसिपको छनोटमा सोमबार उज्वेकिस्तानको सामना गर्दैछ । यूएईमा चलिरहेको छनोटको यो नेपालको दोस्रो खेल हुनेछ । यसअघि नेपाल यूएईविरुद्ध समूह ‘डी’ मा ५–० ले पराजित भएको थियो । 
त्यसमा नेपालको टिम छनोटमा कमजोरी देखिनुका साथै डिफेन्समा ठूलो समस्या रहेको थियो । यस्तोमा उज्वेकिस्तानको सामना गर्दा नेपालसामु आफ्नो रक्षापंक्तिलाई सुदृढ बनाउनुपर्ने जिम्मेवारी हुनेछ । यूएईले प्राप्त गरेको जितमा नेपालको फितलो रक्षापंक्ति सबैभन्दा मुख्य जिम्मेवार रहेको थियो । 
समूह चरणको अंक तालिकामा नेपाल चार टिममध्ये अन्तिम स्थानमा छ । आइतबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले लेवनानलाई ३–१ ले हराएको थियो । उज्वेकिस्तानविरुद्ध राम्रो नतिजा निकाल्न नसके लिग चरणको अन्तिम खेल अगाडि नै नेपालको चुनौती समाप्त हुनेछ । नेपालले बुधबार आफ्नो अन्तिम खेलमा लेवनानसँग खेल्नेछ र यो सम्भवत: प्रतिष्ठाको लडाइँ हुनेछ । 

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार