अर्थ / वाणिज्य

निगमले अनलाइन बुकिङ थाल्यो

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २, २०७४- नेपाल वायुसेवा निगमको टिकट अब विश्वको जुनसुकै ठाउँबाट पनि खरिद गर्न सकिने भएको छ ।

निगमको रुटमा यात्रा गर्न चाहने यात्रुले अब अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट टिकट बुकिङ गर्न सक्नेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले निगमको प्रधान कार्यालयमा अनलाइन बुकिङ सेवाको उद्घाटन गरेका थिए ।

विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ हुने निगमले जनाएको छ । 

 

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार