फिचर

ब्याजदरबारे चासो

- कान्तिपुर संवाददाता , काठमाडौं

श्रावण २, २०७४-मौद्रिक नीति सार्वजनिक भएपछि ब्याजदरमा कुनै असर नपरेकामा सरोकारवालाले चासो देखाएका छन् । आर्थिक वृद्धिका लागि कर्जा र निक्षेपको ब्याजदर स्वाभाविक हुनुपर्ने बैंकर्स संघका अध्यक्ष अनील शाहले बताए ।

‘स्वाभाविक ब्याजदर वृद्धिले मात्र स्वस्थ अर्थतन्त्रलाई टेवा पुर्‍याउनेछ,’ राजधानीमा आईबीएन मिडिया तथा रिसर्च सेन्टरले आयोजना गरेको कार्यक्रममा उनले भने ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पुनर्कर्जा सुविधा विस्तारले सरकारले लक्ष्य गरेको आर्थिक वृद्धिदर हासिल हुने दाबी गरे । 

कार्यक्रममा हालै आएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा छलफल भएको थियो ।

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार