मनोरञ्जन

सिंगापुरमा लिम्बूभाषी म्युजिक भिडियो

- कान्तिपुर संवाददाता , धरान

श्रावण २, २०७४-सिंगापुरका प्राय: पर्यटकीय स्थललाई कैद गरिएको लिम्बू भाषाको गीत ‘याप्मी लाजे ओ...’ (अर्काको भूमिमा) को छायांकन सकिएको छ । 

लिम्बू समुदायको थातथलो नेपालका पूर्वी पहाडी जिल्लाहरू भए पनि गीतको कथा अनुसार सिंगापुरमै पुगेर छायांकन गर्नुपरेको गायक/निर्देशक सेमिहाङ सिंगकले बताए । सिंगापुरमै कार्यरत सिंगक र गीतकार हाङपाल आङबुहाङको संयुक्त निर्देशन रहेको म्युजिक भिडियोमा स्थुङो खिम्दिङ, कविता पाहिम र हाङसु आङबुहाङले अभिनय गरेका छन् ।

गीतमा विभिन्न कारणले आफ्नो देश छाडेर पराई भूमिमा पुग्नुपरेको पीडा र बाध्यताका विषयलाई खोतल्ने प्रयास गरिएको छ । पूर्वका लिम्बू समुदायका तन्नेरीहरूले बेलायत, भारतमा मात्र लाहुरे नभई लामो समयदेखि सिंगापुर पुलिस फोर्समा जिन्दगीको ऊर्वर समय बिताउने गरेका छन् । 

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार