देश

स्मार्ट सिटी बनाउन केयूले सघाउने

- कान्तिपुर संवाददाता , काभ्रे

श्रावण २, २०७४-काभ्रेका ६ नगरपालिका र अन्य महानगर, उपमहानगरलाई स्मार्ट सिटी बनाउन काठमाडौं विश्वविद्यालयले सघाउने भएको छ । विश्वविद्यालयले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका महानगर तथा नगरपालिकालाई स्मार्ट सिटी बनाउन कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागले ‘स्मार्ट सिटी अनुसन्धान इकाई’ नै खडा गरेको हो । कोरियाको इन्चन नेसनल युनिभर्सिटीसँगको सहकार्यमा इकाईले काम गर्नेछ । 

‘स्मार्ट सिटीको अवधारणा बुझाउनेदेखि योजना निर्माण र कार्यान्वयनको चरणमा सघाउँछौं,’ विभागका प्रमुख मनीष पोखरेलले भने, ‘नगरपालिकाका आवश्यकताबारे अध्ययन अनुसन्धानसमेत गर्छौं ।’ पोखरेलका अनुसार पहिलो चरणमा पानी, खानेपानी र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गरिनेछ । ‘सबै हिसाबले स्मार्ट, प्रविधिमैत्री र व्यवस्थित भएपछि मात्रै स्मार्ट सिटी बन्छ,’ पोखरेलले भने, ‘स्मार्ट सिटीका सबै आधारमा काम गर्छौं ।’ विश्वविद्यालयले स्मार्ट सिटी बनाउने काममा आफ्ना प्राध्यापक र विद्यार्थीलाई परिचालन गर्ने जनाएको छ ।

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार