देश

बस एकआपसमा ठोक्किँदा १५ यात्रु घाइते

- प्रताप विष्ट, हेटौंडा

श्रावण २, २०७४- पूर्व-पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका-४ स्थित कर्रामा गएराति दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् । घाइतेहरुको उपचार चुरेहिल अस्पतालमा भइरहेको छ । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।  पोखराबाट उदयपुरतर्फ गइरहेको ना ५ ख ५७६२ नम्बरको बस र बीरगन्जवाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बस एकआपसमा राति ११ बजे ठोक्किँदा दुवै बसका यात्रुहरु घाइते भएका थिए । 

बीरगन्जतर्फवाट आउने बसले इँटा बोकेको ट्रकलाई ओभरटेक गर्ने क्रममा कर्राको मोडमा विपरित दिसाबाट आएको बससँग ठोक्किएको  प्रहरीले जनाएको छ । 

प्रकाशित: श्रावण २, २०७४

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार